भन्सार छली गरी ल्याउदै गरेको समान प्रहरी द्वारा पक्राउ

39

- Advertisement -

वीरगंज २३ मंसिर ।

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याउदै गरेको खुद्रा समान थता लता कपडाहरु लोड रहेको ट्रक सहित एक जनालाई पक्राउ गरेको छ ।

सूचना प्राप्त भई वीरगंजको घण्टाघरमा ना. ३ ख २२ढ नंम्बरको मालवाहक ट्रकलाई रोकी चक जाँच गर्दा सूचना अनुरुप नै भन्सार छली गरी ल्याईराखेको लताकपडा तथा खुद्रा समानहरु फेला परेको थियो । उतm ट्रकमा विल विजक भन्दा बढीको विभिन्न किसिमको लता कपडाहरु तथा खुद्रा मालबस्तुहरु रहेकोले प्रहरीले पक्राउ गरेको हो ।

ट्रक चालक जिल्ला बारा जितपुर सिमरा वडा नं. ९ निवासि वर्ष २५ का सागर राणा, ट्रक र पक्राउ परेको मालबस्तुहरुलाई नियन्त्रणमा लिई रु. पचास लाख मुलयाङकन गरी आवश्यक कार्यवाहिको लागि राजसव अनुसन्धान कार्यालय पथलैया बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.