ड्राईर्पोटको मुलगेटमा मुवावजा पिडिको धर्ना

57

- Advertisement -

बीरगंज २३ मंसिर

बीरगंज महानगरपालिका वडा नं.२३ अलौ सिरिसियाका मुवावजा पिडित स्थानियले मुवावजाको मांग गर्दै शुख्खा बन्दरगाहको मुल गेटमा बसेर धर्ना दिएका छन् ।


बीरगंजको शुख्खा बन्दरगाह बिस्तारको लागी सरकराले सिरिसियाको जग्गा अधिकरण गरेको थियो । सरकारले लामो समय सम्म मुवावजा नदिएपछि पिडितहरु आन्दोलित भएका थिए । पिडितहरुले पदमरोड जाम गरी बिरोध प्रदर्शन गरे पछि शुख्खा बन्दरगाह भन्सार कार्यालय र मुवावजा पिडितहरु बिच वार्ता भई ४ बुन्दे सहमती भएको छ । २०७३ सालमा अधिकरण गरिएको ६३ बिग्गाहा जग्गाको मुवावजा लामो समय सम्म नेपाल सरकारले उपलब्ध नगराएकोमा तत्काल पहल गरी उपलब्द गराउन, जग्गाको उचित मुल्याङ्कन गरिने लगायतको सहमति रहेको छ तर पनि हाल सम्म केहीले मुवावजा मात्र पाए पनि ठुलो संख्याका जग्गा धनिले मुवावजा नपाएकाले तत्काल उपलब्द गराउन माग गर्दै मुवावजा पिडितहरुले शुख्खा बन्दरगाहको मुल गेटमा धर्ना दिएका हुन । धर्नामा राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.