चोरीको मोटरसाईकल सहित एक जना पक्राउ

37

- Advertisement -

वीरगंज २१ मंसिर ।

जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको छ ।

जगदम्बा मेटल क्राफट ईन्डस्ट्रिजको नाममा दर्ता रहेको ना १६ प ६८२५ नंम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाईकल वीरगंज १८ अन्नपूर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडी पार्किड. गरी राखिएको अवस्थामा चोरी भएको थियो ।


यहि मंसिर २० गते जिल्ला प्रहरी कार्यालयको टोलिले खोजतलास को क्रममा वीरगंज १५ लक्ष्मणवा चौक बाट मोटरसाईकलको नम्बर प्लेट हटाई चलाईहरको अवस्थामा मोटरसाईकल र चोरीमा संलग्न वीरगंज महानगरपालिका १८ बस्ने वर्ष १८ को सोनालाल यादवलाई नियन्त्रणमा लिई चोरी संम्बन्धि कसुरमा अनुसन्धान अगाडी बदाईएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.