सुगमन जिल्लाको दुर्गम स्थान सिकारिवास

39

- Advertisement -

वीरगंज २० मंसिर ।

पर्सा जिल्लालाई सुगम जिल्लाको रुपमा लिईन्छ । सुगम जिल्लामा अत्यन्त दुर्गम स्थान पनि छ । त्यो जंगलको विचमा रहेको सिकारिवास जाँहा कुनै पनि किसिमको सुविधा पुगेको छैन ।

पर्सा जिल्लाको निर्वाच क्षैत्र नं. ४ अन्तरगत पर्ने सिकारिवास पर्सा राष्ट्रियय निकुञ्जको जंगलको विच भागमा पर्छ सिकारिवास जाँहा थारु समुदायको ५० घर परिवारले वसोवास गर्दै आएका छन । उनिहरुको प्रमुख ब्यवसाय कृषी हो । ज्वरो आयो भने पनि दुई घण्टाको घना जंगलको वाटाो भएर सुवर्णपुर तथा विजय बस्ती पुग्नु पर्छ । सडक, बती, पानी पनि सिकिारिवास पुगेको छैन । जंगली जनावर हाती, बाघ, वदेल, हरिन, मृर्गले बाली नष्ट गरिदिने गरेको छ । नेताहरु भोट मांग्न मात्र सिकारिबास पुग्छन त्यस पछि फर्केर जादैनन । सुगम जिल्लाको दुर्गम गाँउ सिकारिवासको विकास गर्ने तर्फ कोही कसैले ध्यान दिएका छैनन । विकारिवासका वासिन्दा थारु समुुदाय अहिले पनि जंगली युगमा बाँच्न बाध्य भएका छन । बालबच्चा पढाउन विधालय छैन , औषधी उपचार गनर्न स्वास्थ्य चौकी छैन , सडक र लविधुतले सिकारिवास लाई छोएको पनि छैन । सिकारिवासका जनता जंगल युगमा बाँच्न बाध्य पारिएका छन ।

Leave A Reply

Your email address will not be published.