खैरो हिरोईन सहित दुई जना पक्राउ

37

- Advertisement -

वीरगंज २० मंसिर ।

जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाईकलको टंकीभित्र लुकाई छिपाई लागु औषध खैरो हिरोईन ओसार पसार कार्य गरिरहेको दुई जनालाई पक्राउ गरेको छ ।


सूचना प्राप्त भई प्रहरीले ग्यारेजमा मर्मत गर्न लागेको ना.५६ प ५४१७ नंम्बरको सेतो पल्सर मोटरसाईकको टंकीलाई जाँच गर्दा टंकीभित्र कालो प्लाष्टिकले वेरिएके सात प्याकेटमा लागु औष्ध खैरो हिरोईन फेला परेको थियो ।

पक्राउ पर्नेमा मोटरसाईक धनी वीरगंज महानगरपालिका १० बस्ने २६ वर्षिय रामबाबु ठाकुर रहेका छन भने उतm घटनाको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका वीरगंज महानरपालिका १२ मुर्ली बस्ने २१ वर्षिय सहजाद मन्सुरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाईकल, ब्राम्द लागु औषध तथा ती दुई अभियुक्तलाई नियन्त्रणमा लिई आगु औषध सम्बन्धि कसुरमा अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.