९ राष्ट्रबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक

217

- Advertisement -

वीरगंज १७ मंसिर ।

दक्षिण अफ्रिकामा फेला परको कोरोना भाईरसको नँया भेरियन्ट ओमिक्रनबाट अहिले विश्वनै त्रसित छ । ओमिक्रनले फेरि अर्को एउटा नँया लहर ल्याउन सक्ने भने डरले विश्वका धेरै राष्ट्रहरुले संक्रमित फैलिरहेको राष्ट्रहरुबाट नागरिकहरुलाई यात्रामा प्रतिबन्ध लगाईरहेका छन ।

यहि क्रममा नेपाल सरकारले पनि ओमिक्रनको जोखिम वढदै गएको भन्दै हालै ९ वटा देश बाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

विहिबार बसेको मंन्त्रिपरिषदको बैठकले दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्वे, नमिविया,लेसोथो, ईसवाटिनी, मोजान्विक, मलावी र हंकड.बाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको प्रधानमंन्त्री सचिवालयले जनाएको छ ।
आज राति देखि लागु हुने गरि यी देशलाई ट्रान्जिट बनाएर आउने र तिन हप्ता भित्र ती मुलुकको भ्रपण गरी आउनेहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाईएको छ ।

Leave A Reply

Your email address will not be published.