घरेलु मदिरा लोड रहेको ट्रक सहित मानिस पक्राउ

32

- Advertisement -

वीरगंज १७ मंसिर ।

जिल्ला प्रहरी कार्यालय पर्साले परवानीपुरमा चेक जाँच गर्ने क्रममा घरेलु मदिरा लोड रहेको ट्रक र चालकलाई पक्राउ गरेको छ ।

मकवानपुर बाट वीरगंज तर्फ आउदै गरेको बा.प्र.०३–००९ क ०२९९ नं.को मिनि मालवाहक ट्रक प्रहरीले रोकी चेक जाँच गर्दा उक्त ट्रक भित्र तयारी घरेलु मदीरा अन्दाजी ३५० लिटर फेला पारेको थियो

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर निवासि ३० वर्षिय सूर्य बहादुर पाखिन रहेका छन । प्रहरीले ट्रक चालक , ट्रक र बरामद मदिरा सहित नियन्त्रणमा लिई घरेलु मदिरा कसुरमा आन्तरिक राजश्व कार्यालय वीरगंजमा बुझाईएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.