भारतमा भेटिए ओमिक्रनबाट २ संक्रमित

111

- Advertisement -

वीरगंज १६ मंसिर ।

भारतको कर्नाटकमा दुई जना व्यतिm कोरोनाको नँया भेरियन्ट ओमिक्रनबाट संक्रमित भेटिएको भारत सरकारको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

 

भारतमा ओमिक्रनबाट संक्रमितको यो पहिलो केस हो । दुबै जना ६६ वर्ष देखि ४६ वर्ष उमेर समुहका पुरुष छन । संक्रमित दुवै पुरुसहरुले कोरोनाको दुवै खोप लगाईसकेका छन तर पनि उनिहरु ओमिक्रन बाट संक्रमित भेटिएका छन ।


दक्षिण अफ्रिकामा पहिलो चोटी कोरोनाको नँया भेरियन्ट फेला परेको थियो । ६६ वर्षे पुरुषले हालै यो देशको भ्रमण गरेको ट्रेभल हिस्ट्री छ भने अर्का ४६ वर्षे पुरुषले कुनै किसिमको यात्रा नगरेको र संक्रमित दुवै जना पुरुषहरुको एक आपसमा कुनै किसिमको संम्बन्ध पनि नरहेको भारत सरकार को स्वस्थ्य मंत्रालयले जनाएको छ । संक्रमित दुई पुरुषमा हलका बुखार मात्रै भएको र अहिले सम्म कुनै पनि अरु लक्ष्ण नदेखिएको पनि भारत सरकारको स्वस्थ्य मंत्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.