बीरगंज–पथलैया सडक खण्डको परवानिपुमा चक्का जाम

203

- Advertisement -

बीरगंज १३ मंसिर ।

बीरगंज–पथलैया सडक खण्डको परवानिपुरमा बिद्यार्थीहरुले चक्का जाम गर्दा प्रहरीले बल प्रयोग गरी जाम खुलाएको छ । प्रहरीको लाठी चार्ज बाट दश जना भन्दा बढी बिद्यार्थी घाईते भएका छन् ।

बीरगंज महानगरपालिका वडा नं.२१ परवानिपुर स्थित श्री–नेपाल गीत गजेन्द्र राज माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले अग्रेजी र बिज्ञानको शिक्षक नियुक्तिको मांग गर्दौ सोमबार दिउसे ११ बजे देखी २ बजे सम्म सडकमा टायर बालेर चक्का जाम गरेका थिए । पर्सा प्रहरीले बल प्रयोग गरी चक्का जाम खुलाएको थियो भने प्रहरीको लाठी चार्जबाट दश जना बिद्यार्थी घाईते भएका छन । घाईतेहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । बिद्यालयका प्रधानध्यापक राज कुमार सिंहले बिद्यार्थीहरुको आन्दोलनको मांग जायज भएको र आफ्नो पनि एकैवद्वता रहेको प्रतिक्रिया दिएका छन् ।

Leave A Reply

Your email address will not be published.