प्रदेश–२ का प्रमुख मिश्राले सहायता राशी फिर्ता गरे

38

- Advertisement -

वीरगंज १३ मंसिर ।

प्रदेश–२ का प्रदेश प्रमुख हरिशंकर मिश्राले राज्य सरकारले श्रीमतीको उपचारको लागी सहयोग स्वरुप दिएको पाँच लाख रकमको चेक प्रदेश सरकारलाई र्फिता गरेका छन् ।

प्रदेश प्रमुख मिश्राकि श्रीमती उषा मिश्राको उपचार खर्चको लागी प्रदेश–२ सरकारले पाँच लाख उपचार खर्च वापत सहयोग उपलब्ध गराएको थियो । सहयोग वापत दिएको रकम गोप्य राखिएको भएता पनि सामाजिक संजाल र संचारमाध्यममा प्रकाशित भए पछि प्रदेश प्रमुख मिश्राको आलोचना भएको थियो । आर्थिक सहायता उपलब्द गराउने सम्वब्धी निर्देशिका २०७६ वमोजिम कुनै पनि ब्यक्तिलाई २५ हजार देखी ३ लाख सम्म राज्य कोषबाट सहयोग गर्न सक्ने ब्यवस्था भए पनि निर्देशिका विपरित ५ लाख सहयोगको सर्वत्र आलोचना भए पछि ५ लाखको चेक प्रदेश–२ को मुख्यामंत्री कार्यालयलाई मिश्राले फिर्ता गरेको समाचार स्रोतले उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.