खतराको घण्टी , कोरोनाा भाईरससको नँया भेरियन्टले तहलका मचाउदै ।

109

- Advertisement -

सैलेश प्रसाद कुशवाहा
वीरगंज १२ मंसिर ।

दक्षिण अफ्रिकामा फेला परको कोरोनाको नँया भोरियन्टको डरले विश्व नै एक चोटी फेरी ठुलो त्रास मा पुगेको छ ।
विश्व स्वास्थ्य संगठनले यस काोरोना भाईरसको नँया भेरियन्ट B.1.1529 जसलाई ओमिक्रान Omicron नाम दिएको छ । विश्व स्वस्थ्य संगठनले ओमिक्रानलाई चिंताजनक बताएको छ । ओमिक्रान कोरोनाको डेल्टा भेरियन्ट भन्दा धेरै नै खतरनाक छ । अहिले सम्म सबै भन्दा तिब्र गतीले संक्रमण फैलिरहेको भेरियन्ट “डेल्टा” थियो जसले विश्वमा तेश्रो लहर ल्याएको थियो र अब आएर विश्व ओमिक्रानको त्रासमा छ । जस्को संक्रमण पनि तिब्र गतिमा फैलिरहेको छ ।

ओमिक्रानमा ३० भन्दा धेरै म्यूटेशन पाईएको छ । जबकि कोरोनाको अरु डेल्टा भेरियन्टसहरुमा लगभग १५ म्यूटेशन भाईएको थियो । त्यसैले यो अरु डेल्टा भेरियन्ंटसहरु भन्दा धेरै नै संक्रामक छ । ओमिक्रान कुन उमेर समुहलाई काँहा र कसरी नुकसान पू¥याउछ यो संम्बन्धमा अहिले केहि थाहा नभएको र अहिले संक्रमण फैलिएको देशहरुमा यसको संबन्धमा अध्ययन भईरहेको विश्व स्वस्थ्य संगठनले जनाएको छ ।

 

अनुसन्धानकर्ताहरुको सबै भन्दा ठुलो चिन्ताको विषय भनेको यो छ कि चिनको बुहानमा फेला परेको भाईरस भन्दा यो भेरियन्ट विल्कुलै फरक छ । यस भेरियन्टमा केहि यस्ता म्यूटेशन छन जसले गर्दा एंटीबडीको लागि भाईरसको पहिचान गर्न धेरैनै गह«ो छ ।
कोरोना भाईरसको नँया भेरियन्ट ओमिक्रानले विश्वको नौ वटा देश ग्रसित छन । जस्मा दक्षिण अफ्रिका, यूनाईटेड किंगडम, माँरीशस, ब्राजील, जिम्वावे, वांगलादेश, सिंगापुर, वोत्स्वाना, हांन्गकांग, चीन र ईजराईल रहेका छन । दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रानले सबैभन्दा धेरै स्वयंम दक्षिण अफ्रिका नै ग्रसित रहेको छ । र विश्वका धेरै जसो देशहरुले दक्षिण अफ्रिका र दक्षिण अफ्रिका आस पास रहेका देशहरुमा हवाई उडान रद्ध गरेका छन ।

 

ओमिक्रानलाई विश्वव स्वास्थ्य संगठनले “ भेरियन्ट आफ कंसर्न” को केटेगरीमा राखेको छ । विश्व स्वास्थ्य संगठनले भेरियन्टलाई त्यति बेला मात्रै “ भेरियन्ट आफ कंसर्न” मा राख्छ जब यो प्रमाणि हुन्छ कि यसको संक्रमण क्षमता धेरै नै वढी छ , यो धेरै नै तिब्र गतिमा फैलिरहेको छ, यसको संक्रमणले मानिसहरु गम्भिर विरामी पर्दैछन जस्ले गर्दा अस्पताल भर्ना गर्नु पर्ने अवस्था सिर्जना हुन्छ वा मृत्यु हुने सम्भावना हुन्छ , शरिरमा लगाईएको भ्याकसिन वा प्राकृतिक रुपमा शरिरमा भएको एंटी बडीमा कम असरदार सावित हुन्छ, र जब टेस्टमा संक्रमणको पुष्टि हुन कम चांस हुन्छ ।

 

कोरोना माहामारी को सुरुवात भए देखि अहिले सम्म विश्व स्वास्थ्य संगठनले चार वटा भेरियन्टसहरुलाई मात्रै “ भेरियन्ट आफ कंसर्न” केटेगरीमा राखेको छ ।
१. सेपटेम्बर २०२० व्रिटेनमा फेला परेको “अल्फा” भेरियन्ट ,
२. मई २०२० दक्षिण अफ्रिकामा फेला परेको “वेटा” भेरियन्ट
३. नंवम्बर २०२० ब्राजीलमा फेला परेको “गामा” भेरियन्ट र
४. अक्टुबर २०२० भारतमा फेला परेको “डेल्टा” भेरियन्ट
र अहिले दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रान भेरियन्टलाई पनि विश्व स्वस्थ्य संगठनले “ भेरियन्ंट आफ कंसर्न” श्रेणिमा राखेको छ ।

नेपालमा भने गृहमन्त्रालयले त्रिभुवन विमानस्थल कार्यालय र सिमा क्षेत्रका स्थानिय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिका मुलुकि नागरिकहरुलाई नेपाल प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।

Leave A Reply

Your email address will not be published.