सुवोध गुप्ता अन्तराष्ट्रिय ब्यपार संघको द्वितिय उपाध्यक्ष

36

- Advertisement -

बीरगंज ११ मंसिर ।

बीरगंज उद्योग वाण्ज्यि संघका अध्यक्ष डा.सुवोध कुमार गुप्ता नेपाल–यु.ए.ई बिजनेस कल्वको द्वितिय उपाध्यक्ष पदमा मनोनित हुनु भएको छ । यु.ए.ई सरकारको दुतावासले यु.ए.ई कल्ब गोलोवल र सेन्टर फर डिप्लोमेटिक डाईलग (सि.ई.डि.आई.डि) संगको गठन गरिएको नेपाल यु.ए.ई बिजनेश कल्बको द्वितिय उपाध्यक्षमा डा.गुप्ता मनोनित हुनु भएको हो ।

नेपाल यु.ए.ई. बिचको ब्यापार संम्वन्धलाई बिस्तार गर्ने र एक अर्का संग हातोमाले गरी अगाडी बढने आभिप्रायले सो संगठन स्थापना भएको र आफुले द्वितिय उपाध्यक्षको जिम्मेवारी पाएकोले गौरव लागेको बताउनु भएको छ । बीरगंजका युवा ब्यावसाय अन्र्तष्ट्रिय ब्यपार संगठनको द्वितिय उपाध्यक्ष पदमा मनोनित हुनु भएको मा बीरगंजका उद्योगी ब्यापारिहरुले गौरब महसुस गरेका छन् । बीरगंज उद्योग वाण्ज्यि संघको साधारण सदस्य बाट सुरु गरेका डा.गुप्ता बीरगंज उद्योग वाण्ज्यि संघका अध्यक्ष, नेपाल उद्योग वाण्ज्यि महासंघको केन्द्रिय सदस्यका, नेपाल दाल चामल ब्यपार संगका केन्द्रिय अध्यक्षका साथै बिभिन्न संघ संगठनमा आवद्व हुनु हुन्छ ।

Leave A Reply

Your email address will not be published.