प्रदेश २ सभाको आठौ अधिवेशन मंसिर २९ गते बस्ने

37

- Advertisement -

वीरगंज ९ मंसिर ।

प्रदेश २ को प्रदेश सभाको आठौ वैठक मंसिर २९ गते बस्ने भएको छ । सातौ वैठक सम्पन्न भएको डेढ महिना पछि आठौ बैठक बस्न लागेको हो ।

प्रदेश २ सरकारमा चार दलिय गठबन्धनको सरकार गठन भए पछि पहिलो संसद अधिवेशन बस्न लागेको हो । प्रदेश सभाको आठौ बैठकको पहिलो एजेण्डा भनेको प्रदेशको नाम र राजधानी रहेको छ । यस अगाडीको प्रदेश सभामा सभामुख सरोज कुमार यादवले प्रदेशको नाम र राजधानी टुंगो लगाउन प्रस्ताव राख्नु भएको थियो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले नाम र राजधानी फरक फरक प्रस्ताव गरे पछि प्रस्तावनै अस्वीकृत भएको थियो । तत्कालिन लालबाबु राउत सरकार संग झिनो बहुमत रहेको र प्रस्ताव पारित गर्न दुई तिहाई बहुमत को आवस्यक्ता पर्ने भएकोले प्रस्ताव अस्वीकृत भएको थियो । सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी र तत्कालिन अवरणमा सरकारमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशको नाम मधेश र राजधानी जनकपुर प्रस्ताव गरेको थियो भने नेपाली कांग्रेस , ने.क.पा. एमाले र ने.क.पा. माओवादीले भने प्रदेशको नाम र राजधानी फरक प्रस्ताव गरेका थिए । तर अहिले आएर सता समिकरण परिवर्तन भएको छ ।

सरकारमा रहेको लोकतान्त्रिक समाजवादी सरकार बाट वाहिरिएको छ भने चार दलिय गठबन्धनको सरकार छ । प्रदेश सभामा रहेको १०७ सदस्य मध्य वर्तमान सरकारमा जनता समाजवादी पार्टीको ३८ , नेपाली कांग्रेसको १९ , ने.क.पा. एकिकृत समाजवादीको १३, माओवादीको ८ , नेपाल संघिय समाजवादीको १ गरी ७९ जना सांसद रहेका छन भने प्रतिपक्षमा लोकतान्त्रिक समाजवादी पार्टीको १६ , र ने.क.पा. एमालेको ८ जना गरी जम्मा २४ जना सांसद छन । सरकार संग दुर्ई तिहायी बहुमत छ भने लोकतान्त्रिक जनता समाजवादी पार्टीले पुर्वको सहमतिलाई नै सहमती दिए प्रस्ताव सजिलै पारित हुने सम्भावना छ तर सत्ता गठबन्धनका दलहरु बिचनै प्रदेशको नाम र राजधानी काहा राख्ने सम्बन्धमा फरक मत रहेको कारण राजनैतिक सहमती कायम गर्न कठिन छ ।

प्रदेशको नाममा माओवादी र एस. मधेश प्रदेश प्रति सहमत हुने संम्भावना छ भने कांग्र्रेसको भने फरक मत दखिएको छ । लोजपाले मधेश प्रदेश प्रति सहमती जनाए कांग्रेसको फरक मतले कुनै प्रभाव पार्न सक्दैन र प्रस्ताव पारित हुन सक्न्े प्रवल सम्भावना छ तर प्रदेश सभामा झिनो उपस्थिती भए पनी एमालेले भने प्रस्ताव प्रति कडा विरोध जनाउने र प्रस्ताव पारित हुन नदिने परिआए सांसद वैठक समेत चलन नदिने पक्षमा देखिएको छ ।

 

Leave A Reply

Your email address will not be published.