५८० वर्ष पछि सबै भन्दा लामो चन्द्र ग्रहण आज

80

- Advertisement -

वीरगंज ३ मंसिर ।

५८० वर्ष पछि सबैभन्दा लामो अवधि सम्म चन्द्र ग्रहण आज लाग्दै छ । आज लाग्ने यो ग्रहण ३ घण्टा २८ मिनेट र २४ सेकेण्ड लामो हुनेछ । यो चन्द्र ग्रहण चन्द्रमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । यो वर्ष २०२१ कै अन्तिम चन्द्र ग्रहण र सबै भन्दा लामो अवधिको चन्द्र ग्रहण हो । दिउँसो करिब १ बजे सुरु भई साँझको ४ बजेर ३० मिनेट सम्म यो ग्रहण रहने छ ।

नेपालमा यो चन्द्र ग्रहण एउटा उपछाया ग्रहण भएकोले यसको सुतक अवधि मान्य हुने छैन भने यस संग सम्बन्धित कुनै पनि धार्मिक आस्था लागु हुने छैन । तर ज्योतिष शास्त्रका अनुसार यो चन्द्र ग्रहण एउटा उपछाया ग्रहण भएपनि यो ग्रहणले चन्द्रमा प्रभावित भएको कारण यस्को प्रभाव सबै मानव जातिको जिवनशैलिमा पर्ने छ ।

यो चन्द्र ग्रहण एसिया, अमेरिका, उतरी यूरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट हेर्न सकिनेछ ।

Leave A Reply

Your email address will not be published.