नेपाली कांग्रेसको १४ औ राष्ट्रिय महाधिवेशन, पर्सामा ११२ वडा मध्य ३६ वडा सर्वसहमत

30

- Advertisement -

वीरगंज ३ मंसिर ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत पर्सा जिल्लामा भएको वडा स्तरिय निर्वाचनमा १४ पालिकाको ११२ वटा मध्य ३६ वडामा सर्वसहमती वडा समिति चयन भएको छ भने दुई वडामा विवाद कायम छ ।

वीरगंज महानगरपालिकाको ३२ वडा मध्ये २० वडामा सर्वसहमत नेतृत्व चयन भएको छ भने कार्यकर्ताहरुमा नेताहरु प्रति असुन्तुष्टी व्याप्त भएको कारण केन्द्र र जिल्ला स्तरिय नेताहरुले समेत निर्वाचनमा भाग लिनु परेको छ । अगामी शुक्रबार सम्म पर्सामा ९० प्रतिशत वडा निर्वाचन सम्पन्न हुने निर्वाचन संयोजक नरेन्द्र के.सी.ले जानकारी दिनु भएको छ । अलौ र मिर्जापुरमा दुई समुह विच विवाद भई दोहोरो झडप भएको कारण निर्वाचन स्थगित गरिएको पनि निर्वाचन संयोजनक के.सि.ले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.