पर्सा प्रहरीद्वारा ठोरीमा लगाईएको गाँजा खेती फडानी तथा नष्ट ।

1,168

- Advertisement -

बीरगंज , कार्तिक २९

पर्सा प्रहरीले पर्साको ठोरीमा लगाईएको गाँजा खेती फडानी तथा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रहलाद कार्किको नेतृत्वमा गएको टोलीले ठोरी गाउँपालिका-३ र ४ टोलस्थित करिब ११ विगहा क्षेत्रफलमा लगाइएको गाँजा खेती आज नष्ट गरेको छ । ठूलो परिमाणमा लगाइएको गाँजाखेती नष्ट गरिएपनि कसले गाँजा खेती गरेको हो भन्ने प्रमाणित नभएकोले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ। सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०७।२९ गते ०९:३० बजेदेखि ऐ.१७:३० बजे सम्म जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको टोलीले जिल्ला पर्सा ठोरी गाउँपालिकामा एघार बिघा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू अं.२,२०,०००।–फडानी गरी नष्ट हो  । साथै; गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

Leave A Reply

Your email address will not be published.