नेपाली कांग्रसको वडा अधिवेशन मंसिर १ गते

8

- Advertisement -

वीरगंज २९ कार्तिक

पटक पटक स्थगित भएको नेपाली कांग्रेस पर्साको वडा अधिवेशन मंसिर एक गते हुने निश्चित भएको छ । कहिले सदस्य विवाद र कहिले गुटबन्दीको कारण स्थगित भएको नेपाली कांग्रेस पर्साको वडा आधिवेसन मंसिर एक गते हुने निस्चित भएको जिल्ला निर्वाचन आधिकृत अधिवक्ता नरेन्द्र के.सी.ले जानकारी दिनु भएको छ ।

नेपाली कांग्रेसको केन्द्रिय पदाधिकारी तथा पुर्व पदाधिकारीहरुको बैठकले प्रदेश अधिवेसनको लागी प्रदेश–२ मा केन्द्रिय सदस्य पर्साका नेता रमेश रिजाललाई चयन गरेको छ । रिजालले नगर,क्षेत्र,जिल्ला र प्रदेशको महाधिवेशन गराउने जिम्मोवारी पाउनु भएको छ । अगामी मंसिर २४ देखी २६ गते सम्म सम्पन्न हुने नेपाली कौग्रेसको १४ औ राष्ट्रिय महाधिवेशनको लागी प्रदेश–१ मा कृष्णा प्रसाद सिटौला,प्रदेश–२ मा रमेश रिजाल,बाग्मती प्रदेशमा प्रकाश मान सिंह,गण्डकी प्रदेशमा गणोश मान सिंह,लुम्बिनीमा बालकृष्णा खांड, कणार्लीमा मुख्य मंत्री जितबाहादुर शाही र शुदुरपस्चिममा दिलेन्द्र बढु चयन हुनु भएको पनि नेता रिजालले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.