पेट्रोलियम पदार्थको मुल्यमा वृध्दी गरेको विरोधमा विप्लप समुहद्वारा देशव्यापी आन्दोलनको घोषणा

85

- Advertisement -

वीरगंज २५ कार्तिक ।

नेत्रविक्रम चन्द र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सरकारले खाना पकाउने ग्यास र ईन्धमा गरेको मृल्य वृध्दीको विरुध्द देशव्यापी चरणवध्ध आन्दोलन गर्ने घोष्णा गरेको छ ।

विप्लप समुहले एक विज्ञप्ती जारी गरी एम.सि.सि.को विरोधमा र खाना पकाउने ग्यास र ईन्धनमा सरकारले गरेको मुल्यवृध्दी तत्काल फिर्ता लिन मांग गर्दै चरणवध्द आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमहरु कार्तिक २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते प्रचार प्रसार र साझ मासाल जुलुस , २७ गते दिउसो देशव्यापी प्रदर्शन, २८ गते १० बजे देखी ११ बजे सम्म चक्का जाम, २९ गते दिउसो सिट्टी जुलुस र साझ मसाल जुलुश र ३० गते नेपाल बन्द गर्ने विज्ञप्तीमा उल्लेख छ ।

त्यसै गरी ने.क.पा. चन्द समुह सिन्धुलिले पनी एक विज्ञप्ती जारी गरी आन्दोलनको कार्यक्रम घोष्ण गरेको छ । २५ गते प्रदर्शन , २६ गते ठाँउ ठाँउमा मसाल जुल्ुस २७ गते दुधौलीमा मसाल जुलुस, २८ गते विभिन्न स्थानमा सिट्टी जुलुस र कोण सभा, २९ गते एक घण्टा राजमार्गमा चक्का जाम र ३ण् गते यातायात, कलकारखाना र बजार बन्द गर्ने घोषणा गरेको शिन्धुली स्थित हाम्रा संम्वाददाताले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.