आजबाट जनगणना सुरु

74

- Advertisement -

काठमान्डौं २५ कार्तिक ।

केन्द्रीय तथ्यांक विभागले आज बाट देशैभरी जनगणना सुरु भएको जनाएको छ । प्रत्येक १० वर्षमा हुने जनगणना आज कार्तिक २५ गते बाट सुरु हुदै छ । जनगणना आज बाट सुरु भई मंसिर ९ गते १५ दिन सम्म चल्ने छ ।

जनगणनाको क्रममा नागरिकलाई ८० वटा प्रशन सोधिने केन्द्रय तथ्यांक विभागले जनाएको छ । जनगणनामा विवरण संकलन गर्न देशभर करिव ४० हजार गणक र ८५०० सुपरीवेक्षक परिचालित भएका छन । जनगणनाको सम्पुर्ण प्रक्रिया पुरा गरी तथ्यांक सार्वजनिक गर्दा सम्म चार अर्व खर्च हुने विभागले जनाएको छ ।

राष्ट्रपति विद्ययादेवी भण्डारीबाट राष्ट्रिय तथ्यांक संकलन कायक्रमको सुरुवात हुने छ । त्यस संगै उपराष्ट्रपति, प्रधानमंत्री र देशैभरी जनगणना सुरु गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.