मंसिर देखि ईम्वोस्ड नंम्बर प्लेट अनिवार्य । प्रदेश १ र २ मा भने हाल लागु नहुने । ।

82

- Advertisement -

काठमान्डौं २४ कार्तिक ।

भौतिक पूर्वाधार तथा यातायात मंन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गरी आउदो मंसिर महिना देखि लागु हुने गरी हरेक किसिमको नँया दर्ता हुने सवारीमा अनिवार्य ईम्वोस्ड नंम्बर प्लेट जाडान गनु पर्ने जनाएको छ । साथै फागुन १ २०७८ देखि सवारी नामसारी गर्दा पनि ईम्वोस्ड नंम्वर प्लेट जडान गर्नु पर्ने हुन्छ र जेष्ठ १ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा पनि ईम्वोस्ड नंम्वर प्लेट जोडनु पर्ने हुन्छ ।

प्रदेश १ र २ को हक मा भने ई प्रदेशहरुको नामाकरण भईनसकेको हुनाले हाल ई प्रदेशहरुमा ईम्वोस्ड नंम्बर प्लेट अनिवार्य नहुने भएको छ ।

ईम्वोस्ड नम्बर प्लेट जडान गर्दा कुन किसिमको सवारीमा कति शुल्क लाग्ने हो भन्ने पनि सरकारले निर्धारण गरेको छ । दुई पांग्रेको हकमा पचिस सय , टेम्पो र तीन पांग्रे सवारीको हकमा दुई हजार नौ सय , कार, जिप, भ्यान र टयाक्टर लगायत चार पांग्रे लाई बतिस सय र ठुला सवारीलाई तिन हजार छ सय शुल्क लाग्ने भनेर निर्धारण गरेको छ ।

ईम्बोस्ड नम्बर प्लेट सम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको सूचना (1)

Leave A Reply

Your email address will not be published.