दिपावलीको आज अन्तिम दिन गोधन कुटाई र भाई टीका , यमदेवतालाई खुसी पार्न आफ्नै दाजु भाई मार्छन महिलाहरु

आजै बाट छठ पर्वको सुरुवात

90

- Advertisement -

वीरगंज २० कार्तिक ।
दिपावलीको भोली पल्ट गरिएको गोवर्धन पुजामा गोवरले बनाईएका मानव आकृति तथा गाई र अन्य पशुहरुको आकृतिहरुलाई आज महिलाहरु आफ्नो टोलको चौबाटोमा भेला भई उतm आकृतिहरुको पहाड बनाई पुजा गर्छन जस्लाई गोधन कुटाई भनिन्छ ।
गोवर्धन पहाडको चारै तिर बाट दियो बालि, बजडी , मिठाई, सिन्दुर आदि चढाई महिलाहरु पुजा गर्छन । महिलाहरु गोवर्धन पहाडको चारैतिर बाट गोलो आकारमा उभिएर आफ्नो भाईको नाम लिई एकै स्वरमा गित गाउछन जसलाई स्थानिय संस्कृतिमा सरापेको भनिन्छ ।


किन सरापछन महिलाहरु आफ्नै दाजु भाईलाई ?

एउटा लोककथा अनुसार यम देवता यानी मृत्युका देवता हरेक वर्ष आफ्नी बहिनी जमुना नदीलाई भेटन ५ दिनका लागि पृथ्वीमा आउने गर्छन । उँहालाई खुसी पार्न निम्त महिलाहरु रेङ्गनीको काट लिई आफ्नो टाउको भरी घुमाउदै मेरो दाजु भाई मरोस र मेरो भाउजु राण होस भनेर गितकै माध्यमले सरापछन । केहि समय वितिसकेपछि उनिहरु आफु सरापेको सम्झेर पछुतो मान्छन । किन यस्तो कठोर र नराम्रो शब्द मेरो मुखबाट निस्कियो त्यो पनि मेरो आफ्नै दाजु भाईको लागि । मेरो जिब्रोले मेरै दाजु भाईको लागि नराम्रो वाणी निकाल्यो यस्को दण्ड स्वरुप महिलाहरु हातमा भएको रेङ्गनिको काटले आफ्नो जिब्रोमा छेदछन र आफैलाई सजाय दिनछन । पछि गितकै माध्यमले आफ्नो दाजु भाईलाई प्रेम स्वरुप जिउदो बनाउछन । पुजामा यस्तो प्रक्रिया गर्दा दाजु भाईको आयु लामो हुन्छ भन्ने विश्वासको साथ महिलाहरु यसरी पुजा गर्छन ।

 

गोधन कुटाई सकिए पछि पुजामा चढाईएको बजडी र मिठाई महिलाहरुले आफ्नो दाजु भाईहरुलाई ख्वाएर टीका लगाउछन जस्लाई भाई दुज अथवा भाई टीका भनिन्छ र लामो आयुको कामना गर्दछन ।


यसरी पुजा सकिए लगतै छठ पर्वको औपचारिक सुरुवात भएको पनि मानिन्छ । ब्रतालुहरु छठपर्वको सामग्री किन्ने र छठमा प्रयोग गरिने चुलोको लागि माटो घरभित्रयाउछन ।

Leave A Reply

Your email address will not be published.