चोरीको मोटरसाईकल सहित तिन जना पक्राउ

27

- Advertisement -

चोरीको मोटरसाईकल सहित तिन जना पक्राउ परेका छन । वीरगंज महानगरपालिकाको भानु चौकमा चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार तिनै जनाले BR 22 AT 9326 नंम्बरको ROYAL ENFIELD मोटरसाईकल चोरी गरी बा.८२ प ६४६० नम्बरको नक्कली नेपाली नम्बर प्लेट लगाई चलाउदै आउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
मिति २०७८.७.१२ गते भारतको विहार बस्ने बर्ष ६५ को अरुण कुमार चौरसियाको नाममा दर्ता रहेको उतm मोटरसाईकल वीरगंज महानगरपालिका वडा नं.१६ स्तित बाबा होटल को प्यालेस भित्र पार्किङ गरि राखिएको अवस्थाबाट चोरी भएको थियो ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका १५ बस्ने वर्ष २२ का कैलास महतो , जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.४ बस्ने वर्ष २२ का विनयराज शर्मा र जिल्ला बारा फेटा गाँउपालिका वडा नं. ३ बस्ने वर्ष २० का रविन कुमार साह रहेका छन । पक्राउ पर्ने तिनै जनालाई चोरी सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.