काग तिहार र कुकुर तिहार एकै दिन

50

- Advertisement -

बीरगंज–१७ कार्तिक

यस वर्षको यम पंचक सुरु भएको दोस्रो दिन काग तिहार र कुकुर तिहार एकै दिन परेको छ । हिन्दु धर्मालम्बीहरुले काग र कुकुरको पुजा गरी मिठो खाने कुरा दिने गर्दछन ।
कागलाई सूचनावाहक पन्छिको रुपमा पुजा गरेर मिठो खाने कुरा दिने प्रचलन रही आएको छ भने कुकुरलाई घरको रश्रक र यमराजको दुतको रुपमा मान्ने गरिन्छ । बीरगंजमा पनि धनतेरसको दिन किनमेल गरेर घर पसलको सरसफाई गरियो भने यम पंचकको दोसा्रे दिन काग र कुकुरको पुजा गरी मनाईदै छ । पंचाङ्ग निर्णायक समितिको अनुसार तिथीको घटवढको कारण काग र कुकर पुजा एकै दिन परेको जनाएको छ भने गोरु तिहार र गाई तिहार पनि एकै दिन परेको जनाएको छ । गत वर्ष कोरोना महामारीको कारण चाडपर्वहरु प्रभावित भएको थियो भने यस वर्ष भने हिन्दु धर्मलम्बीहरले हर्षोउल्लासको साथ दशै तिहार पर्व मनाई रहेका छन् ।

Leave A Reply

Your email address will not be published.