जनकपुर घटनाले उब्जाएका प्रश्नहरु……???

जनकपुर घटनाले उब्जाएका प्रश्नहरु......???

47

- Advertisement -

वीरगंज , कार्तिक ७ ।

जनकपुर खानेपानी कार्यालयका कार्यालय प्रमुख राजेश्वर कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताहरुले गरेको कार्यवाहीको अहिले देश भरि चर्चा चलेको छ । कर्मचारी संघ, संगठन एंव ईन्जिसियर्स एसोसिएसनले समेत सो घटनाको कडा विरोध जनाएका छन । अर्को तर्फ प्रहरीले समेत राउतको पार्टीका १७ जना कार्यकर्तालाई पक्राउ गरि मुद्दा चलाएको छ । राउतका कार्यकर्ताका प्रत्येक कार्यक्रम हिसंक हुने गरेको आरोप प्रहरीको छ ।
निश्चय नै देशमा संविधान छ , ऐन छ, कानुन छ , कसैले कसुर गर्छ र सो प्रमाणित भएमा आवश्यक कार्यवाहीका प्रक्रिया छन । तर एउटा कार्यालय प्रमुख जस्तो व्यतिmलाई अमानवीय तवरले कुटपिट गर्दै शरिर भरी हिलो छयापी अद्र्घ–नग्न अवस्थामा पुु¥याएर बजार परिक्रमा गराउने कार्यले देशको ऐन कानुनलाई धोती लगाएर सि.के. राउत र उनका कार्यकर्ताले कानुन आफनै हातमा लिने दुश्प्रयास गरेका र सो घटनाले लोकतन्त्र र गणतन्त्र माथि नै प्रश्न उब्जाई दिएको छ । अधिकांशले कार्यालय प्रमुख कुशावाहाको मानव अधिकार हनन भएको बताएका तथा व्यतिmगत रिसीवीका कारण सो घटना गराइएको विषय समेत प्रकाशमा आई सकेको छ ।
यस विषयमा देशका नेपाली कांग्रेसका प्रवक्तmा बिश्व प्रकाश शर्माले घटनाको निन्दा गरेका भएपनि अन्य प्रमुख राजनिति पार्टीहरुले अहिले सम्म केही नबोलेको अवस्था छ । तर राजनितिक विश्लेषण गर्ने विद्वानहरु भन्छन– लोकतन्त्र र गणतन्त्रमा यस्ता घटनाले दूर्नामी निम्त्याउछ , जुन देशको हितमा छैन ।
स्मरणिय विषय के पनि छ भने लोकतन्त्र र गणतन्त्रको नाममा प्रमुख राजनिति पार्टीहरु नै आ–आफ्नो रोटी सेक्न व्यस्त छन । सत्ताको छिनाझप्टीका कारण सत्तामोहमा परि यहा दुई तिहाईको सरकार ढालिन्छ । जुन विषय लोकतन्त्र र गणतन्त्रकै लागि घातक हो भन्ने विषय स्वयम राजनितिक पार्टीका शीर्षस्व नेताहरुले पनि नबुझेका होईनन । तर अफसोच उनीहरु अझै पनि कुर्सीकै हिसाव , किताबमा ब्यस्त छन । तसर्थ जनताहरु समेत निरास बन्न थालिसकेका छन । उनीहरु भन्दै छन– के का लागि लोकतन्त्र , अनि के का लागि गणतन्त्र ?
जबसम्म माथिका टाउके नेताहरुले सु–शासनको प्रत्याभुति दिलाउने प्रयास गर्दैनन , तब सम्म सि.के. राउत जस्ता घटनाहरु बढदै जाने जानकारहरु दावी गर्छन । जनकपुर घटनाले भविश्यमा अझै थुप्रै प्रश्नहरु खडा गरिदिएको उनीहरु बताउछन ।

Leave A Reply

Your email address will not be published.