वीउवासंघद्वारा प्रमुख कर अधिकृतको बिदाई

893

- Advertisement -

 

वीरगंज , कार्तिक ३

वीरगंज उद्योग वाणिज्य संघले आज एक समारोहबीच आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत सुनिलकुमार यादवको बिदाई समारोह सम्पन्न गरेको छ ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले कर प्रशासन तथा सेवालाई चुस्त दुरुस्त बनाउन तथा यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई विभिन्न गतिविधि तथा कार्यक्रमहरु मार्फत् कर सम्बन्धी शिक्षा प्रदान गर्न प्रमुख कर अधिकृत यादवले गर्नु भएका कार्यहरु महत्वपूर्ण रहेको बताउनु भएको छ । कर प्रमुख यादवले सक्रिय भई आफ्नो कार्य निर्वहन गर्नुभएको फलस्वरुप नै विगतको भन्दा हाल करका प्रशासनिक कार्यहरुमा अझै सरलीकरण आएको अध्यक्ष गुप्ताले बताउनुभयो ।

बिदाई समारोहको अवसरमा प्रमुख कर अधिकृत सुनिलकुमार यादवले कर प्रशासन र निजीक्षेत्र दुवै बीच अनन्य सम्बन्ध रहेको बताउनुभयो । उहाँले व्यापार व्यवसाय फस्टाउँदै गए मात्र कर सङ्कलन पनि बढ्ने बताउनुभयो । प्रमुख कर अधिकृत यादवले यस क्षेत्रको औद्योगिक, आर्थिक तथा समाजिक विकासको लागि वीरगंज उद्योग वाणिज्य संघले निर्वाह गर्दै आएको भूमिका सराहनिय रहेको बताउनुभयो । उहाँले आगामी दिनहरुमा समेत एक आपसबीचको संस्थागत सम्बन्ध अझै प्रगाढ भई विकासका कार्यहरुमा हातेमालो गरी अगाडि बढ्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव अनोज रुँगटा लगायतका उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.