चोरीको मोटरसाईकल सहित दुई जना पक्राउ

चोरीको मोटरसाईकल सहित दुई जना पक्राउ

39

- Advertisement -

वीरगंज १ कार्तिक ।  पर्सा प्रहरी कार्यालय वीरगंजबाट खटिएको टोलिले सूचना परचालन तथा प्रहरी कारवाहिको सिलसिलामा, खोज तलास तथा अनुसन्धान को क्रममा ना. १९ प. ६३५५ नं. को मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी चलाईरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १५ वस्ने रामलखन साहको ना.१९प. ६३५५ नम्बरको हिरो होण्डा मोटरसाईकल यहि असोज १३ गते वडा नं. १५ चालिस फिटे रोडबाट चोरी भएको थियो । चोरीमा संलङ्गन व्यक्तिहरुले नक्कली साचो बनाई मोटरसाईकल चोरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला बारा उपमहानगरपालिका वडा नं. ३ बस्ने बर्ष २३ का मोहम्द आशिक र सो स्थान बस्ने बर्ष २३ का आनिष हवारी रहेका छन । पक्राउ अभियुक्तहरुलाई चोरी संम्बन्धि कसुरमा अनुसन्धान अगाडि वढाईएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.