परमादेश सरकार असफल भईसक्यो, जनताले ओलीलाई मिस गर्न थालिसके: युवा नेता आलम।

602

- Advertisement -

 

वीरगंज , असोज ३१

नेकपा एमाले विश्रामपुर गाउपालिका वडा न. ०२ वडा कमिटिले आयोजेना गरेको कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य एवं राष्ट्रीय युवा संघ नेपालका केंद्रीय सचिव रहेका ई. मोबिन आलमले ३महीनामा बल्ल तल्ल गठन भएको मंत्रिपरिषद माथी टिप्पणी गर्दै परमादेश सरकार असफल भईसकेको र जनताले राष्ट्रनायक केपी ओलीले गरेका राम्रा कामहरुलाई मिस गरीरहेको दाबी गरेका थिए।

गाउपालिका बासीका दिन रात सेवा र सहयोगमा खटी रहेका एमाले अध्यक्ष धर्मदेव यादवको प्रसंसा गर्दै, वहाँको कार्यशैलीलाई शोषित पीड़ितहरुको लागी एम्बुलेंसको संज्ञा दिएका थिए। कार्यक्रममा एमाले बाराका अध्यक्ष देव नारायण चौधरी, प्रदेश सदस्य सोचन यादव, धर्मदेव यादव, राज महमद राय, सगीर अंसारी, सुनील पाल, रमेश गुप्ता, रामचंद्र गुप्ता, मंगल प्रताप यादव, इब्राहिम मिया, हृदय नारायण यादव, ज़ुल्फ़िकार अली, शर्मा बैठा, प्रभु साह लगायतका हरुको सहभागिता रहेको थियो। श्री पंडितको अध्यक्षतामा भएको कार्यकममा युवा नेता राजेश्वर यादवले सहजिकरण गरेका थिए।

Leave A Reply

Your email address will not be published.